Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं। सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ ।

यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गर्नुपर्छ

यो योजना साउन ४ गते बुधबारदेखि १४ गते आइतबारसम्म ११ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २२ वटा एटिएम सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्