Skip to content
Shikhar Insurance
National Life

रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता

Hyundai
NCELL
NIMB

रोल्पा । रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पुँजीगत विकासका लागि आएको रकममध्ये ५६ करोड १५ लाख ९० हजार रूपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।

जिल्लामा सङ्घतर्फ ८३ करोड २३ लाख ४३ हजार रूपैयाँ र प्रदेशतर्फ एक अर्ब ३२ करोड ८४ लाख १८ हजार रूपैयाँ गरी कुल दुई अर्ब १६ करोड सात लाख ६१ हजार रूपैयाँ बजेट प्राप्त भएको थियो ।

प्राप्त बजेटमध्ये सङ्घतर्फ ५७ करोड ७४ लाख ७७ हजार रूपैयाँ र प्रदेशतर्फ एक अर्ब दुई करोड १६ लाख ८३ हजार रूपैयाँ गरी कुल एक अर्ब ५९ करोड ९१ लाख ७० हजार रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए। उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये सङ्घको २५ करोड ४८ लाख ५५ हजार रूपैयाँ र प्रदेशको ३० करोड ६७ लाख ३४ हजार रूपैयाँ रहेको छ । उक्त रकम कुल बजेटको करिब २६ प्रतिशत हो ।

जिल्लामा सङ्घतर्फ पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार रूपैयाँ र प्रदेशतर्फ ७९ करोड ७३ लाख ४५ हजार रूपैयाँ गरी चालुतर्फ छ अर्ब ६३ करोड ३५ हजार रूपैयाँ प्राप्त भएको थियो । चालुतर्फ प्राप्त बजेटमध्ये सङ्घको पाँच अर्ब ४० करोड २२ लाख नौ हजार रूपैयाँ र प्रदेशतर्फ ६२ करोड ७४ लाख ४४ हजार रूपैयाँ गरी कूल छ अर्ब दुई करोड ९६ लाख ५४ हजार रूपैयाँ खर्च भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्