काठमाडौं । अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बुधबार सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले डोजर चलाएको हो ।
सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको छ। यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्