Skip to content
Shikhar Insurance
National Life

चितवनमा पाए ३९ जनाले अङ्गीकृत नागरिकता

Hyundai
NCELL
NIMB

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत ४ जनाले नागरिकता लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व सङ्कलन गरेको उनले बताए। सबैभन्दा धेरै राहदानीबाट १३ करोड सात लाख ९० हजार सङ्कलन भएको छ ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत ४ लाख ४२ हजार तथा बेरुजुबापत नौ हजार सङ्कलन भएको न्यौपानेले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्