Shikhar Insurance
National Life

कृषि विकास बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा, रेमिट्यान्स पठाउने भरपर्दो माध्यम बन्ने

सिंहदरबार संवाददाता
२०८० श्रावण ३, बुधबार ०९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको छ । यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर भिसा कार्ड वाहकले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

बैंकले भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको हो । यो सेवा संचालनमा आए पश्चात विश्वभरबाट विना झण्झट सहज र सुरक्षित तरिकाले बैकमा रेमिट्यान्स भित्र्याउन सहज हुने बैकले विश्वास लिएकोछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवा विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिनेछ । यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ ।

यो सेवा संचालन पश्चात बैकको रेमिट्यान्सको आप्रवाहको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको भिसा कार्ड वाहकको खातामा रकम पठाउन सकिने व्यवस्था भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्