Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा आर्थिक वर्षका विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं। महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई निम्नलिखितका सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

हाकिमचोक शाखाद्वारा गैंडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाउँका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंगरोगन एवं सन्देशमूलक स्वास्थ्य तथा सरसफाइसम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई २ लाख ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालगन्ज शाखाद्वारा कोहलपुर नगरपालिका–९ मा अवस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परिक्षणका लागि आवश्यक पर्ने मेसिन हस्तान्तरण गरेकोे छ ।

साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाउँपालिका–१ गाँज्रामा अवस्थित राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि १ लाख ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको छ। विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका–८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेकोे छ ।

सुर्खेत शाखाद्वारा वीरेन्द«नगर नगरपालिका–१२ मा अवस्थित मानवसेवा आश्रमलाई खाद्यान्न, फलफुल, तरकारी तथा दैनिक अत्यावश्यक सामाग्री प्रदान गरेको छ । बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिका– ५ मा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

त्यस्तैगरी, चैनपुर शाखाद्वारा जयपृथ्वी नगरपालिका–११, दैकुमालामा अवस्थित श्री नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थान कुर्सी प्रदान गरेको छ । भैरहवा शाखाद्वारा सिद्घार्थनगर नगरपलिका–२ मेउडिहवामा अवस्थित मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङ्ग स्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

लाहान शाखाद्वारा लाहान नगरपालिका–१४, बस्तीपुरमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । भाटभटेनी र तीनचुली शाखाद्वारा काठमाडौं महानगरपालिका–४, बालुवाटारमा अवस्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयलमा प्रारम्भिक बाल कक्षामा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्घि गर्न र अध्यापनलाई प्रविधि मैत्री बनाउन विद्यालयलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकोे छ ।

बैंकको केन्द«ीय कार्यालयले पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरलाई कम्बोडियामा आयोजित एबीयू कन्सर्ट कार्यक्रममा सहभागिता जनाउनका लागि १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाडौं महानगरपालिका–३२, कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापन लागी वाटर फिल्टर र बाह्र थान कुर्सी हस्तान्तरण गरेको छ ।

धनगढी शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण गर्न जडान गरिएका सीसीक्यामराहरु बिग्रिएकाले उक्त क्यामराहरुको मर्मत कार्य लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

चिप्लेढुङ्गा शाखाद्वारा पोखरा महानगरपालिका–४ मा अवस्थित नविन माध्यमिक विद्यालयलाई पाँच थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ भने लेकसाइड शाखाद्वारा पोखरा महानगरपालिका–८ को फोहोर व्यवस्थापन गर्नका लागि प्रतिभा मार्ग टोल विकास संस्थालाई चालिस थान डष्टविन हस्तान्तरण गरेको छ ।

त्यसैगरी भक्तपुर शाखाद्वारा चाँगुनारायण नगरपालिका वडा नं २, झाँखेल भक्तपुरमा अवस्थित आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेकोे छ ।

खुरखुरे शाखाद्वारा राप्ती नगरपालिका-७ मा अवस्थित वीरेन्द« आदर्श माध्यमिक विद्यालयलाई विद्यालयको पुस्तकालय प्रायोजनार्थ एक थान कम्पुटर तथा प्रिन्टर प्रदान गरिएको छ। दमक शाखाद्वारा कलम गाँउपालिका– ७, झर्काहा झापामा अवस्थित अरनिको प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

महाराजगंज शाखाद्वारा टोखा नगरपालिका–७ काठमाडौंमा अवस्थित शुभश्री बैकल्पिक महिला विद्यालयलाई वाटर डिस्पेन्सर तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । सानोभ¥याङ्ग शाखाद्वारा काठमाडौं महानगरपालिका–१५, स्वयम्भुमा अवस्थित ईश्वर आधारभुत विद्यालयका लागि दराज, तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

बेलौरी शाखाद्वारा बेलौरी नगर खेलकुद समितिलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेको छ भने अमरपथ शाखाद्वारा मुक्तिनाथधाम मन्दिरलाई डष्टविन तथा भ्याक्युम क्लिनर प्रदान गरिएको छ । चरिकोट शाखाद्वारा कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन साथसाथै चौतर्फी विकासमा मद्दत पुर्याउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

बिर्तामोड शाखाद्वारा शिवसताक्षी नगरपालिका-१०, साईधार झापामा अवस्थित दित्यपथ महिला सरोकार समाजलाई संस्थाले सञ्चालनमा ल्याएको श्री सरस्वती कन्या गुरुकुलमा अध्ययनरत २५ जना विद्यार्थीहरुको आवासका लागि निर्माणाधिन भवनका लागि रु. एकाउन्न हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

पाटन शाखाद्वारा पाटन नगरपालिका वडा नं ०१, डंसिली, बैतडीमा अवस्थित कैलास आधारभुत विद्यालयका लागि आवश्यक स्टिल दारज, ह्रवाइट बोर्ड, कुर्सी लागायतका सामाग्री हस्तान्तरण गरेकाे छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्