Skip to content
Shikhar Insurance
National Life

निरन्तर तेस्रो कारोबार दिन बढ्यो सेयर बजार, कारोबार रकम साढे ३ अर्बमाथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्राे कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ९.९१ अंक बढेर २१५४.०७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २५५ कम्पनीको ५६ हाजर ४७६ पटकको कारोबारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १०६ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशत, शुभम् पावरको ८.८९ प्रतिशत र युनिलिभर नेपालको सेयरमूल्य ८.३९ प्रतिशतले बढेको छ। भने बाँकी कम्पनीको सेयर ७ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको सानिमा लर्ज क्याप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। लघुवित्तको २१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्टको करिब १७ करोड ९८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ करोड ६६ लाख र एशीयन लाइफ इन्स्योरेन्सको १० करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४५ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्