काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २८ औं बर्षमा प्रवेश गरेको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २८ औं बर्षमा प्रवेश गरेको हो ।
कम्पनीले गत आर्थिक बर्षमा ४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
दावी भुक्तानी पनि ३ अर्ब ९ करोड रुपैयाँ गरेको छ । कम्पनीले ३ लाख ११ हजार ३ सय ५८ वटा बीमा पोलिसी जारी गरेको छ । कम्पनीले देशभरका ११३ वटा शाखा कार्यालय मार्फत बीमा सेवा दिईरहेको छ ।
२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ रहेको छ । कम्पनीमा ६३७ जना कर्मचारीहरुले रोजगारी पाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्