Shikhar Insurance
National Life

अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी ब्रान्डका सौन्दर्य सामग्री अब नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं– अमेरिकी प्रविधिबाट उत्पादित ट्रु-मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण प्रारम्भ भएको छ । आज मंगलबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु-मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन् ।

आजबाटै देशभरी बिक्री वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रालिका अध्यक्षले जानकारी गराए । नेपालमा ट्रु ड्रमाका बिभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु-मीका उत्पादन समेत बिक्री वितिरण सुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘ट्रु–मीका उत्पादनहरुलाई हामीले वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्रीवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुररकाले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं ।’

नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाले उत्पादन गरेका सामाग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मीका बिभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन् । उनाले ट्रु- मीका गुणस्तरीय उत्पादन नेपालमा ल्याएकामा सुशान्त मुरारकालाई धन्यवादसमेत दिइन् ।

कार्यक्रममा बोल्दै ट्रमीका उत्पादनका लागि ब्रान्ड एम्बेसडर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले भने, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकाले ट्रु-मीका उत्पादनमा विश्वशनियता निहित छ । यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थसमेत नरहेकाले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु-मीका हेयर–केयरका उत्पादन उपलव्ध हुनेछन् । बजारमा उपलव्ध सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध छन् ।

त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्क्रिब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनरलगायत कस्मेटिक उत्पादनहरु छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्