काठमाडाैं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्