काठमाडाैं। समाजसेवी डा. विष्णुमाया परियारले १ सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेका छन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका १ सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेका हुन् ।
वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान संघ (एड्वान)का अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री सोमबार वितरण गरिएको हो ।
सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताए। लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक छ भने ।
प्रतिक्रिया दिनुहोस्