Skip to content
Shikhar Insurance
National Life

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको ५८ औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पुष्प शर्मालाई साउन १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ ।

यसअघि निजले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए। बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको कार्य अनुभव संगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल  व्यक्ति हुन् ।

उनी कुमारी क्यापिटलमा आबद्ध हुनुपूर्व नेपाल एसबीआई मर्चेण्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबीआई बैंकबाट काजमा रहि कार्यरत थिए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी ४० करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्