Shikhar Insurance
National Life

‘दि स्टाइल जोन’ सलुन सञ्चालनमा, बागमती प्रदेशका सभामुखले गरे उद्घाटन

सिंहदरबार संवाददाता
२०८० श्रावण १, सोमबार १६:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको चाबहिलमा महिला र पुरुष दुवैलाई सेवा दिने अत्याधुनिक युनिसेक्स सलुन ‘दि स्टाइल जोन’ सञ्चालमा आएको छ । आज साउन १ गतेदेखि उक्त सलुन सञ्चालनमा आएको हो । सलुनको उद्घाटन बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक र उनका नाति प्रनिल पाठकले गरेका हुन् ।

उद्घाटनको क्रममा सभामुख पाठकले उद्यम व्यवसायले महिलाहरूको आयस्तरमा सुधार ल्याउनुका साथै अगाडि बढ्न पनि थप हौसला प्रदान गर्ने बताए । ‘व्यवसाय गर्दा पनि अझ आफूलाई अनुभव भएको र मनले खाएको व्यवसाय उचित हुन्छ,’ उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सञ्चालनमा आएको ‘दि स्टाइल जोन’ सलुनमा महिला र पुरुष दुवैलाई हुने युनिसेक्स सेवा उपलब्ध भएको सलुनकी प्रबन्ध निर्देशक निलम मिश्रले जानकारी दिइन्।

अत्याधुनिक सलुनमा सबै उमेर समूहका ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, मेहेन्दी, ब्राइडल प्याकेज, स्किन केयर, आई ल्यासेस बनाउने तथा मिलाउने, मेनिकयूर, पेडिकयुर, नेल आर्ट आदि सेवा उपलव्ध भएको प्रबन्ध निर्देशक मिश्रले उद्घाटनको क्रममा जानकारी दिइन् ।

‘२५ लाख लगानीमा सुरु गरिएको उक्त सलुन (ब्युटी पार्लर) मा साउन महिनाभरी ग्राहकले जुनसुकै सेवामा २५ प्रतिशत छुट पाउनु हुनेछ,’ उनले भनिन् ‘सलुनमा विश्व बजारमा चलेका उत्कृष्ट सेवाहरू उपलब्ध छ ।’

विवाह र बच्चा भएपछि बैंकको जागीर छाडेर घरमा बसेकी मिश्रले बच्चाको साथै आफ्नो करियर ग्रोथ गर्न सलुन स्थापना गरेकी हुन् । ‘घर बसेपछि मलाई आफंै उद्यमी बन्ने अर्थात केहि गरौं भन्ने चाहना जागृत भयो,’ उनले भनिन् ‘त्यसैलाई साहाकार पार्न सलुन सञ्चालनमा ल्याएकी हुँ । यो व्यवसाय सुरु गर्न मलाई मेरो परिवारको पूर्ण साथ र सहयोग सहयोग छ ।’

उनले सलुनमा ५ जनालाई रोजगारी दिएकी छिन् । एक हजार स्वायर फिटमा फैलिएको उनको सलुनमा प्रशस्त सवारीसाधन पार्किङको सुविधा समेत रहेको छ । ‘चावहिलबाट भत्केको पुल जाने मेन बाटोमा क्लिन्टन स्कुल पर्छ र त्यही स्कुलको अपोजिट साइटमा मेरो पार्लर छ, उनले भनिन् । ‘यही स्पेसमा पहिला पनि चलेको सलुन थियो,’ उनले भनिन् ‘त्यही भएर ग्राहकलाई यहाँ आइपुग्न गाह्रो पर्दैन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्