Shikhar Insurance
National Life

एक अर्ब २६ करोडको चोरीका सामान बरामद

सिंहदरबार संवाददाता
२०८० श्रावण १, सोमबार १५:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा ९ करोड ७९ लाख, भदौमा ११ करोड २५ लाख, असोजमा ८ करोड ७४ लाख ९४ हजार, कार्तिकमा ६ करोड ९१ लाख ५८ हजार बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार मङ्सिरमा ८ करोड ४८ लाख, ५१ हजार, पुसमा १७ करोड ५८ लाख ५० हजार, माघमा ८ करोड १९ लाख ९६ हजार, फागुनमा ८ करोड ७९ लाख ६० हजारको मालसामान बरामद भएको छ ।

त्यस्तै, चैतमा ११ करोड १८ लाख ३० हजार, वैशाखमा १३ करोड ८१ लाख ८९, जेठमा ११ करोड ४३ लाख ६४ हजार र असारमा १० करोड २३ लाख १२ हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताए। आर्थिक वर्ष २०७९÷८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उनको भनाइ थियो ।

सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोड ७३ लाख ४५ हजार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो ।

त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७ करोड ८३ लाख ४५ हजार रुपैयाँ भन्सार दाखिला गरेकोसमेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्