Shikhar Insurance
National Life

नागरिक लगानी कोषले पारित गर्‍याे २५ प्रतिशत बोनस दिने प्रस्ताव

सिंहदरबार संवाददाता
२०८० श्रावण १, सोमबार ११:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषकाे २८औं वार्षिक साधारणभाले सेयरधनीलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस  पारित गरेको छ । आइतबार सम्पन्न कोषको साधारणभाले उल्लेखित बोनससँगै कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।
योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने धारणा राखेका थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरु, कोषमा आबद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरुको बारेमा जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिए भने सेयरधनीहरुबाट उठाइएका विषयहरु तथा सुझावहरुका सम्बन्धमा थप पुष्टयाई गरे । साथै, कोषको कारोबारलाई क्रमश सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गरिनेमा पनि उनले जोड दिए ।

साधारणसभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब १२ अर्ब ६४ करोड ७३ रुपैयाँ लगानी गरेको छ। कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ कोषले काम गरिरहेको छ ।

त्यस्ता नागरिकहरुको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्नेतर्फ कायै भैरहेको पनि उनले जानकारी दिए । सभामा बैंक तथा वित्तीय संस्थाहरुको समूहबाट सञ्चालक समितिमा तीन वर्षको लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्