Skip to content
Shikhar Insurance
National Life

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

Hyundai
NCELL
NIMB

काठमाडौं। नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिसअनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । काेषले यसभन्दा अघि पनि १.५ प्रतिशत थप प्रतिफल दिएको थियो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य ६ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्