काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत काराेबारपश्चात कुल चुक्ता पुँजी ६४ कराेड १६ लाख १६ हजार रूपैयाँ, जगेडा कोष २४ कराेड ९९ लाख ६३ हजार ८ सय ७० रूपैयाँ बचत संकलन २ अर्ब ७५ कराेड ३६ लाख १५ हजार ३ सय २० रूपैयाँ, कुल लगानीमा रहिरहेको कर्जा ८ अर्ब ७३ कराेड १७ लाख ३७ हजार १ सय ९० रूपैयाँ, कुल शाखा कार्यालय संख्या १ सय ५६, कुल सदस्य संख्या १ लाख २९ हजार ४ सय ४२, कुल ऋणी संख्या ७३ हजार ६ सय ५ र कुल कर्मचारी संख्या ६ सय १२ पुगेको छ ।
शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा गरियो। उक्त कार्यक्रमको प्रमुख अतिथि पाण्डेले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्