Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकले पनि घटायो ब्याजदर

Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनि गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदर केही घटाउँदै साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्षभन्दा कम समयका लागि ९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, एक वर्षका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा धेरै समयका लागि ९ प्रतिशत ब्याज दिने निर्धारण गरेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपमा ६ महिना र त्यसभन्दा माथिका लागि बैंकले ७.५० प्रतिशत ब्याज दिनेछ।

नयाँ ब्याजदरअनुसार बैंकले बचततर्फ रेमिट्यान्स प्लस बचत खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले सेभिङ प्रिमियम, एभरेष्ट स्पेसल सेभिङ, एभरेष्ट म्याक्सी सेभिङ, स्टाफ सेभिङ इबिएल, पेरोल सेभिङ, कर्पोरेट स्यालरी र सेभिङ स्यालरीमा ६.७५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले अन्य बचतखातामा न्युनतम ४.७५ देखि अधिकतम ६.२५ प्रतिशतसम्म ब्याजदर तोकोको छ ।

बैंकले विभिन्न प्रकारका कर्जामा आधारमा दरमा ४.५० प्रतिशत ब्याज प्रिमियम लिने जनाएको छ । असारमा बैंकको आधारदर १०.०६ रहेको छ ।

बैंकले कर्जातर्फ फिक्स्ड ब्याजदरमा करिब दुई दर्जन योजनाहरु सार्वजनिक गरेको छ । जसमा न्युनतम १२.५० प्रतिशतदेखि अधितमक १४.५० प्रतिशतसम्म ब्याज लिने बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्