Skip to content
Shikhar Insurance
National Life

सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन्।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन्। सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेका उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे । सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्