काठमाडौं । सबरत एग्रो फार्म प्रालिले आफ्नो बहुप्रतिक्षित उत्पादन इलाएटी हालै काठमाडौंको बजारमा ल्याएको छ । सन् २०२१ म स्थापित, सबरत एग्रो फार्म अलैंची लगायत अरु पनि स्वादका आइस्ड टि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो ।
शिवपुरी, बूढानीलकण्ठको फेदमा अवस्थित बुटिक प्लान्टमा ससानो ब्याचमा बनाइएको अलैंची, इलाएटी, कुनै पनि आईसटी पारखीले प्रशंसा नगरी बस्न सक्दैनन् । ह्यान्डपिक गरिएको अलैंची, एलाएटीको सबैभन्दा महत्वपूर्ण सामग्रीमध्ये एक हो, जसले एक उत्कृष्ट स्वाद थप्छ जुन पुरातन समय देखि प्रयोग हुँदै आइरहेको छ ।
यसको भिन्न सुगन्ध र स्वादको साथले गर्दा, इलाएटीको हरेक चुस्कीले एउटा कथा भनिरहेको भान हुन्छ । इलाएटी एउटा सानो पापरवारिक व्यवसायबाट आएको हो जुन पुस्तौ देखि अलैंची खेतीमा संलग्न छ । इलाएटी कुनै पनि चिया पारखिको लागि एक अद्वितीय र विशेष संकलन हुन सक्छ ।
सबरत एग्रो फार्म प्रालिले आफ्नो उत्पादनहरुमा सबारु र इलाएटी जसको मूल्य ८० साथै पाल्मोको मूल्य ६० तोकिएको छ भने तिनै स्वादमा उत्पादित इलाएटी सबारु र पाल्मो ३०० एमएलमा छन् । कम्पनीका सीईओ नितेश कटुवाल नेपाली आइस्ड टी उद्योगमा इलाएटीले महत्वपूर्ण प्रभाव पार्ने र यो उत्पादनले उपभोक्ताको मन जित्नेमा विश्वस्त छन् ।
प्रतिक्रिया दिनुहोस्