Skip to content
Shikhar Insurance
National Life

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

Hyundai
NCELL
NIMB

काठमाडाैं। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै छन्र ।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्ने छन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ जनाइएको छ । साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्