काठमाडौं । १६ वर्षपछि सेयर बजारमा ७ वटा नयाँ ब्रोकर कम्पनी थपिएका छन् र उनीहरुले सेयर कारोबार आरम्भ गरेका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट लाइसेन्स लिएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले बिहीबारदेखि कारोबार आरम्भ गरेका हुन् ।
यसरी कारोबार थाल्ने ब्रोकरहरुमा भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकरेज ६३, सन् सेक्युरिटिज ६४, सेयर प्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्ड ६७ नम्बर रहेका छन् । यी ब्रोकर कम्पनीहरुले १६ वर्षपछि खुला प्रणालीमार्फत पहिलो पटक लाइसेन्स प्राप्त गरेका थिए ।
हालसम्म ५० वटा ब्रोकरहरुले सेयर किनबेचको काम गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्