Shikhar Insurance
National Life

घटेको बजारमा शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, २३ करोडमाथि कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन २५ अंकले बढेर बन्द भएको बजार यसदिन भने १२ अंकले घटेर बन्द भएको हो ।

सेयर बजार दोहोरो अंकको गिरावट आएपनि यसदिन लगानीकर्ताहरु शिवम् सिमेन्ट कम्पनीका झुम्मिएका छन् । कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, सोल्टी होटलको १७ करोड ९२ लाख, हिमालयन इन्स्योरेन्समको १६ करोड १५ लाख, नेपाल टेलिकमको ११ करोड ८४ लाख र चिलिमे हाइड्रोपावर कम्पनीको ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र रहेको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.६२ अंक घटेर २,०८४.९३ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.९० अंक घटेर ३९१.२५ को विन्दुमा बन्द भएको छ ।
यसदिन दिनभरीमा २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँमा खरिदबिक्री भएको हो । कारोबारमा आएको ५४ कम्पनीको सेयर मूल्य बढेको छ १६५ कम्पनीको घटेको छ भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन १० प्रतिशत एनएमबी डिबेन्चर्स २०८५ र १०.२५ प्रतिशत एसबीएल डिबेनचर्सको मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, एनआइबीएल समृद्धि फण्ड २ को मूल्य ९.९४ प्रतिशतले बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मुल्य सबैभन्दा बढी ६.०५ प्रतिशतले घटेको छ ।

बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूक १ प्रतिशतभन्दा बढी घटेका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्