Shikhar Insurance
National Life

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौंः  मन्त्री मोदी

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडाैं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार सङ्घीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, “संघीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।” उहाँले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे।

मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । “विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ”, उनले भने, “तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन् । साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ ।”

उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघअन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्