काठमाडौं । प्रहरीले ललितानिवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
काठमाडौंको चाबहिल क्षेत्रबाट उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएकाे छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ललितानिवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर, दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्