Shikhar Insurance
National Life

२५ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्बमाथि

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार १५:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५.३१ अङ्कले बढेर २०९७.५५ अङ्कमा कायम भएको हो ।

आज विभिन्न २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७ सय ७४ मा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजको कारोबारपछि वित्त समूह ३९.२० र होटल तथा पर्यटन समूह ५१.०८ अङ्कले घटेको छ । बढ्नेमा भने सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १०६.८० र जलविद्युत् समूहका उपसूचक १०२.७२ अङ्कले बढेको छ ।

बैंकिङ ८.७७, विकास बैंक ३०.८७, लगानी ०.४० र जीवन बीमा ३८.९६ अङ्कले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ५९.४८, लघुवित्त समूह ७३.७५, म्युचुअल फन्ड ०.२६, व्यापार ९.०७ र अन्य समूह १६.०५ अङ्कले बढेको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेड, सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेड, रिभर फल्स पावर लिमिटेड र लक्ष्मी इक्विटी फन्डको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३३ करोड ९३ लाख ५१ हजार र एक सय एक बराबरको ५ लाख १८ हजार ६ सय चार कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्