Shikhar Insurance
National Life

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मृत्यु भएकाले निजको हकवाला क्षितिज आलेलाई १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको छ ।

सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायु तलब बचत खाता खालेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकले दीर्घायु बचत तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बिमा, १० हजार रुपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा, ५० हजार रुपैयाँको आवधिक जीवन बिमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २२ वटा एटिएम सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्