Shikhar Insurance
National Life

दराज र सीएनआईले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सहकार्य गर्ने

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आबद्ध सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको अभियान हो ।

साे समझदारीअनुसार स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ । सीएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबर्द्धन गर्ने, कामदारहरूको सीप अभिवृद्धि गर्ने जस्ता काम गर्दै आएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वदेशी सदस्यहरुको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो । यस समझदारीअनुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्न पाउनेछन् । साथै दराजले स्वदेशीको प्रबर्द्धन गर्ने अन्य उपाय तथा सुविधाहरु दिनेछ ।

यो समझदारीअनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको वस्तु दराजको प्लाटर्फममा राख्न तथा खरिद बिक्री गर्न दराजले स्वदेशी सदस्यहरुलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ । मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्