Skip to content
Shikhar Insurance
National Life

मल्टीपर्पस फाइनान्सलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आज (असार २६ गते) फाइनान्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमित दिएको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने बोर्डबाट अनुमति पाएको हो ।

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता सेयर निष्काशन गर्नेछ। फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

फाइनान्स सञ्चालक समितिको गत असोज ६ गते बसेको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निणर्य गरेको थियो । भने फाइनान्सले हकप्रद सेयर निष्काशनको अनुमति माग्दै फागुन २९ गते बोर्डमा आवेदन दिएको थियो ।

हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्