Shikhar Insurance
National Life

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७३ अङ्कले ओरालो लागेर २,०७२.२४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले उकालो लागेर ३८८.८६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजको कारोबारमा विभिन्न कम्पनीका कूल ७९ लाख ८८ हजार नौ सय ८६ कित्ता सेयर २ अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको १२ करोड ७८ लाख १३ हजार सात सय १९ बराबरको कारोबार भएको छ ।

शिवम् सिमेन्ट १२ करोड ५४ लाख ३९ हजार चार सय नौ, सोल्टी होटल १० करोड ६७ लाख ६५ हजार चार सय आठ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६ करोड ६१ लाख ५८ हजार नौ सय ३४ र मञ्जुश्री फाइनान्स ६ करोड ५६ लाख ७ हजार ६ सय ८० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड पहिलोको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रावा इनर्जी दशमलब ९८, लिवर्टी इनर्जी नौ दशमलब ६४ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

यस्तै, सिङ्गटी हाइड्रो पाँच दशमलब ९६, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब ६९, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब १४, इस्टर्न हाइड्रोपावर चार दशमलब ६२ र माथिल्लो हेवा खोलाको सेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्