काठमाडौं । बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सीआईबीले थप दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र छन् ।
योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्वखरिदार रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकाे छ । पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्