काठमाडाैं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अंकले बढेर ३८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।
विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार ९ सय १२ रूपैयाँ मूल्यमा कारोबार भएको छ ।
आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार ९ सय ९२ रूपैयाँ, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार पाँच सय रूपैयाँ, शिवम् सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार ६ सय १८ रूपैयाँ र सिटी होटल ९ करोड एक लाख ६२ हजार सात सय ६२ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको शेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको सेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्