Skip to content
Shikhar Insurance
National Life

कर्णाली प्रदेशमा रंगशाला निर्माणको प्रगति ६० प्रतिशत

Hyundai
NCELL
NIMB

कर्णाली । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको जडान कार्य सकिएको, भिआइपी तर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको र छाना निर्माणकार्य बाँकी रहेको जनाइएको छ ।

यस्तै रङ्गशालमा पौडी पोखरी, व्यावसायिक सटर तथा गेट निर्माण कार्य अन्तिमचरणमा रहेको र फुटबल मैदानमा दुबो लगाइ स्तर वृद्धिको कार्य जारी रहेको छ । एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए ।

निर्माणाधीन रङ्गशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म ६५ करोड ८५ लाख रूपैयाँ रकम खर्च भएको उनको भनाइ छ । विसं २०८१ मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको सञ्ज्यालले जानकारी दिए।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचना निर्माण गरिएको पनि उनले बताए। यस्तै १०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अङ्कको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेललाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उसु आइटिफ कराते र तेक्वान्दो गरी पाँचवटा रहेका छन् भने (ख) श्रेणीमा सात वटा वक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बाँस्केटबल छन् । त्यसैगरी (ग) श्रेणीमा १० कवड्डी, डॉकेट, खोखो, ब्याडमिन्टन, भलिबल, भारोत्तोलन, फुटबल टिमको खेललाई वर्गीकरण गरिएको उनले जानकारी दिए। यी वर्गीकरण भर्खरै सम्पन्न भएको नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानी तयार गरिएको हो ।

यस्तै खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कारस्वरुप २७ लाख ५५ हजार रूपैयाँ खर्च गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्