Shikhar Insurance
National Life

हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा भुक्तानी

सिंहदरबार संवाददाता
२०८० असार २५, सोमबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला स्व. ईश्वर गुरागाईंको दुर्घटनामा परी निधन भएपछि निजकी पत्नी विमला गुरागाईंलाई सो रकम हस्तान्तरण गरेको हो । बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच रकम हस्तान्तरण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यु बिमा खरिद गरेको जनाएको छ । यस दुःखद् घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुने विश्वास बैंकको छ ।

हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा दश लाख रुपैयाँसम्मको दुर्घटना मृत्यृ बिमा सुविधा प्रदान गर्दै आएको छ । यस्तै अन्य बचत योजनाहरुमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा सुविधा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्