Shikhar Insurance
National Life

११ महिनामा कति आयो रेमिटेन्स ? साढे चार लाख नेपाली काम खोजीमा बिदेसिए

सिंहदरबार संवाददाता
२०८० असार २५, सोमबार १२:११
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा रेमिटेन्स २२.७ प्रतिशतले वृद्धि भएको छ । यो ११ महिनामा नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स जम्मा ४.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा नेपाल भित्रिने रेमिटेन्स १३.० प्रतिशतले बढेर ८ अर्ब ५१ करोड पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधीमा जम्मा १.८ प्रतिशतले बढेको थियो । चालु आवको ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको छ । यो अवधीमा ४ लाख ५९ हजार ४१५ नेपाली वैदेशिक रोजगारीका लागि विदेशीएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेहरुको संख्या भने जम्मा ०.५ प्रतिशतले मात्रै बढेको छ । ११ महिनामा २ लाख ६० हजार २ सय ६२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिमा
२०८.३ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्