Skip to content
Shikhar Insurance
National Life

असार सकिनै लाग्दा पोखरामा ६० प्रतिशत रोपाइँ

Hyundai
NCELL
NIMB
गण्डकी । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए।
पोखराको फेवातालको सिरान पामे, अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका खराने, सिसुवा, पटनेरी, गगनगौंडा, बेलबुटे, मालमूल, सुरौदीलगायतका स्थानमा रोपाइँ सकिएको छ । पर्याप्त पानी नपरेका कारण राम्रोसँग मूल नफुट्दा तारकाङ, कालिका, माझठाना, आँगेटारी, खुर्वादी, अम्टारी, हिलेपोखरीलगायत स्थानका टारी खेतमा अझै अपेक्षित रोपाइँ हुन नसकेको कृषक बताउँछन् ।
पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ कृषकलाई वितरण गरेको गरेको थियो । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ वितरण गरिएको हो ।
GBIME

प्रतिक्रिया दिनुहोस्