Shikhar Insurance
National Life

मिनबहादुर गुरुङका पक्षमा निजी क्षेत्रको एकै स्वरः आरोप लागेकै आधारमा व्यवसायीलाई थुन्ने काम बन्द होस्

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १९:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आरोप लागेकै आधारमा व्यवसायीहरुलाई पक्राउ गरी थुन्न नहुने बताएका छन् । ललितानिवास जग्गा काण्डमा मुछिएपछि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरी थुनामा राखेकाे छ । त्यसरी देशका साना ठूला व्यवसायीहरुलाई आरोप लागेकै आधारमा धरपकड तथा पक्राउ गरी थुन्ने काम बन्द हुनुपर्नेमा निजी क्षेत्रका प्रमुख तीनवटै छाता संगठनहरु एकजुट भएका हुन् ।

उनीहरुले संयुक्त अपिल जारी गर्दै लगानीको वातावरण बिग्रिएको र लगानीकर्ताको मनोबल खस्किएको समयमा व्यवसायीहरुमाथि भैरहेको धरपकडले झन समस्या ल्याउने बताएका हुन् । आरोप लागेका व्यवसायीहरुलाई अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि कानुनी कारवाहीको बाटोमा अघि बढ्नुपर्नेमा उनीहरुको एक मत रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्