काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समिट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १३.५६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको ६ लाख ७० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत उक्त बोनस सेयर, सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्