Shikhar Insurance
National Life

नेप्से २८ अंकले बढ्यो, ३ अर्ब ४ करोड काराेबार

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १५:४८
Hyundai
NCELL
NIMB

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८.३८ अंकले उकालो लागेर दुई हजार ७७.७६ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले उकालो लागेर ३८८.५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा नै उकालो लागेको छ । कुल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता सेयर ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९ सय ६१ रूपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट १६ करोड ३६ लाख ५१ हजार एक सय ४३ रूपैयाँ , सोल्टी होटल १४ करोड ८ लाख ४८ हजार ८ सय २६ रूपैयाँ, अरुण काबेली पावर १२ करोड १ लाख ९८ हजार ९ सय ३६ रूपैयाँ र माथिल्लो तामाकोशी १० करोड ६२ लाख ६८ हजार चार सय ४३ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, रावा इनर्जी ९.९८, सिटी होटल ९.५१, प्रभु बैंकको ऋणपत्र ८.२२, सनराइज बैंकको ऋणपत्र ८.२१ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन्।

त्यस्तै, माथिल्लो तामाकोसी ६.६५, बीपीडब्ल्यू लघुवित्त ४.४३, लिवर्टी इनर्जी ३.६०, जोशी हाइड्रोपावर ३.४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्