Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार भट्टराई नियुक्त भएका छन्। नेपाल बिमा प्राधिकरणले स्वीकृतिअनुसार उनी सीईओमा नियुक्त भएका हुन् ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गतेदेखि हुने निर्णय भइसकेको छ । दुवै कम्पनी बीचमा २०७९ आसार ३० गते मर्जरको प्रारम्भिक सहमति र गत जेठ ३ गते अन्तिम सहमति भएको थियो ।

दुवै सम्झौतामा महालक्ष्मी लाइफका प्रभुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुवै सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बिमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत थिए । २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बिमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते वीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथमपटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत छन् ।

विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भूमिकामा रहेकाले उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पुर्‍याउने कम्पनीले विश्वास लिएकाे छ।

GBIME

प्रतिक्रिया दिनुहोस्