काठमाडाैं। साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्