Skip to content
Shikhar Insurance
National Life

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

Hyundai
NCELL
NIMB

कास्की । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ ।

मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले दुई लाख पाँच हजार रूपैयाँ र जिल्ला प्रशासनले एक लाख रूपैयाँ राहत वितरण गरेको छ ।

यही असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पुर्याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट ७० हजार रूपैयाँ र प्रशासनबाट २५ हजार रूपैयाँ राहत रकम प्रदान गरियो ।

त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट ५० हजार रूपैयाँ र प्रशासनबाट २० हजार रूपैयाँ, शम्मेर पाण्डेलाई पालिकाबाट ३० हजार रूपैयाँ र प्रशासनबाट १५ हजार रूपैयाँ, भुवन सिंहलाई पालिकाबाट २० हजार रूपैयाँ र प्रशानबाट १५ हजार रूपैयाँ राहत रकम प्रदान गरिएको छ । पहिरापीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट १५ हजार रूपैयाँ र गाउँपालिकाबाट २० हजार रूपैयाँ र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट १५ हजार रूपैयाँ प्रशासनबाट १० हजार रूपैयाँ राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए।

पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गरेका हुन्। पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताए। अबिरल वर्षा तथा पहिराका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्