Shikhar Insurance
National Life

बैंकरसँग गृहमन्त्रीको तीन घण्टे डिनर मिटिङः के के भयो कुरा ?

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार २३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार साँझ बैंकरहरुका माझ एउटा निम्तोको सूचना आयो, त्यो पनि उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट । त्यो निम्तो कुनै बिहे भोज वा ब्रतबन्ध पार्टीको थिएन । तर पनि डिनरका लागि भनेर निम्तो गरिएको थियो ।

बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीका सिईओहरुको छाता संस्था मार्फत सबैसँग समन्वय भयो । गृहमन्त्रीले अकस्मात डिनर मिटिङको निम्तो पठाएपछि बैंकिङ कम्युनिटी एक प्रकारले उत्साहित बन्न पुग्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजसम्म कुनै पनि गृहमन्त्रीले बैंकरलाई बोलाएर भेट गरेको रेकर्ड थिएन् । गृहमन्त्रीका तर्फबाट डिनर अफर आएपछि अधिकांश बैंक तथा वित्तिय संस्थाका सिईओहरु साँझ ७ देखि साढे ७ बज्दा नबज्दै गृहमन्त्री श्रेष्ठको निजी निवास पुगिसकेका थिए ।

उप प्रधान तथा गृहमन्त्री श्रेष्ठ आफैंले सबैलाई स्वागत गरे, अनौपचारिक रुपमा छलफल अघि बढ्यो । छलफलको मोडरेटर पनि मन्त्री आफैं बने ।

उनले बैंकरहरुका कुरा धैर्यतापूवक सुने, गाम्भिर्यता देखाए । ‘गृहमन्त्रीले हामी बैंकरलाई बोलाएर यसरी कुरा सुनेको इतिहासमै पहिलो पटक हो, उहाँले कुनै प्रतिवद्धता त जनाउनु भएन तर उहाँले जुन धैर्यतासहित हाम्रा कुरा सुन्न भयो, त्यो पनि एउटा उपलब्धि नै हो’, गृहमन्त्रीको डिनरमा सहभागी एक बैंकका सिईओले सिंहदरबारसँग भने ।

साढे ७ बजेबाट सुरु भएको डिनर मिटिङ पौने ११ बजेसम्म चलेको थियो । झण्डै डेढ दर्जन भन्दा बढी बैंकरहरुले आफ्ना कुरा सुनाएका थिए ।
उनीहरुले बैंकहरु विरुद्ध अराजक समुहहरुले आन्दोलन गरेर सेवा प्रवाहमा अवरोध सृजना गरेको, बैंकका कर्मचारी र शाखाहरुमा आक्रमण भैरहेको, बैंकको ऋण नतिर्न आव्हान हुन थालेको लगायतका गुनासो गरेका थिए ।

लघुवित्त विरुद्ध आन्दोलन, सहकारीहरुमा देखिएको समस्या, दुर्गा प्रसाई समुहको आन्दोलन लगायतका बिषयमा पनि मन्त्री श्रेष्ठलाई जानकारी गराईएको थियो । बैंकिङ क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएकाले त्यसको प्रवर्द्धनमा गृह प्रशासनको भूमिका हुने जानकारी पनि बैंकरले मन्त्रीलाई गराएका थिए ।

त्यस बाहेक आर्थिक बिधेयकमा अघि सारिएको २६ र २७ नम्बरको करका बारेमा पनि बैंकरहरुले असन्तुष्ठि राखेका थिए । धैर्यतापूर्वक बैंकरका कुरा सुनेका गृहमन्त्री श्रेष्ठले कुनै ठोस प्रतिवद्धता भने गरेनन् । तर अहिले उत्पन्न भएको परिस्थितिबारे आफु जानकार रहेको र त्यसलाई सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्