Skip to content
Shikhar Insurance
National Life

अब आईएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई पे एपबाट ‘नेपाल पे’ को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आईएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन्।

नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।

नेपालमा क्यु आर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्