काठमाडौं । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंक को ६५ औं एक्सटेन्सन काउन्टरको सञ्चालन गरिएको छ ।
एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुरलगायत अन्य ग्राहकहरुले समेत बैंकिङ सेवा लिन सकिने छ ।
उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्लेलगायत कर्मचारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्