काठमाडौं । निजी क्षेत्रका तीनवटा छाता संघले सेयर बजारको ४/१२ करोड नीति र १५० प्रतिशतको औसत जोखिम भारितलाई हटाउनु पर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नरलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सुझाव दिँदै नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्याेग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले ४/१२ र १५० प्रतिशतको जोखिम भारमा पुनर्विचार गर्न माग गरेका हुन् ।
उनीहरूले सेयर धितो, घर जग्गा र सवारी साधनको ऋणको भारित औसत जोखिम १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्