Skip to content
Shikhar Insurance
National Life

डिसहोमले ल्यायाे ‘डिसहोम गो’ टिभी अब सिधै मोबाइलमा

Hyundai
NCELL
NIMB

काठमाडौं। डिसहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिसहोम गो’ सञ्चालन गरिरहेको छ ।

हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो । १५० भन्दा बढी लाइभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रसारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ ।

डिसहोमले ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिसहोम गो’ मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।

‘डिसहोम गो’ एपमा लाइभ टिभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्