Shikhar Insurance
National Life

अख्तियारद्वारा ५० हजार घुस लिएको अभियोगमा लेखनाथ भट्टराईविरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराईविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिनअघि पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगोबमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आरोपी वडाध्यक्षविरुद्ध बिगोबमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्