Skip to content
Shikhar Insurance
National Life

अब खल्तीबाट पनि नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ

Hyundai
NCELL
NIMB

काठमाडौं । खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा नेपाल पे क्युआरसँग साझेदारी गरेको छ। यस साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीका लागि क्यूआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न अनुमति दिने कम्पनीले जनाएको छ ।

यस साझेदारीपछि धेरै प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य माध्यम बन्न सक्नेछ। प्रयोगकर्ताले ३ सयभन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्र हालहरू वा कहीँ पनि उपलब्ध नेपालपे क्युआर खल्तीबाट स्क्यान गर्न सक्नेछन् ।

उक्त साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यो साझेदारीको साथमा हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्ताहरूलाई फोनपे क्युआर र युनियनपेलगायत नेपालपे क्यूआरबाट पनि सहज भुक्तानीको आनन्द लिन सक्षम बनाउने लक्ष्य राखेका छौं ।’

यसलगायत, नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियासँग भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सेवा चाँडै उपलब्ध गराइने छ । जहाँ खल्ती प्रयोगकर्ताहरूले भारतका विभिन्न भागबाट भुक्तानी गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्