काठमाडौं । भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफ्ना लोकप्रिय वाई सिरिजका मोबाइल फोनहरूको मूल्य घटाएको छ ।
ब्रान्डले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा छुट दिने घोषणा गरेको हो । ग्राहकहरूले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपुर लाभ लिन सक्छन् ।
वाई२२एस स्मार्टफोनको मूल्य २७ हजार ९ सय ९९ रूपैयाँ बाट घटाइएर यसअफर अवधि भरि वाई२२एस २५ हजार ४ सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ । वाई१५सीको मूल्य १७ हजार ९ सय ९९ रूपैयाँबाट घटेर १४ हजार ९ सय ९९ रूपैयाँ पुगेको छ । १८ हजार ९ सय ९९ रूपैयाँ मूल्य रहेको वाई१६ स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुटपश्चात् नयाँ मूल्य १७ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ ।
वाई०२ स्मार्टफोनको मूल्य १२ हजार ४ सय ९९ बाट घटाएर अफर अवधिका लागि ११ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध गराइनेछ । वाई२२ स्मार्टफोनको बजार मूल्य २२ हजार ९ सय ९९ भए पनि ३१ जुलाईसम्म २१ हजार ४ सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ । १३ हजार ९ सय ९९ बजार मूल्य रहेको वाई०१ स्मार्टफोन अफर अवधिसम्म १२ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्